काठमाडौं । प्रदेश नम्बर-१ को क्रिकेट टिममा पर्न सिनियर खेलाडीले अनिवार्य रुपमा फिटनेस टेस्ट पास गर्नुपर्ने भएको छ ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश-१ ले एक विज्ञप्ति निकाल्दै प्रदेश-१ को टोलीमा पर्न खेलाडीले अनिवार्य फिटनेस पास गर्नुपर्ने जनाएको छ ।
'निकट भविष्यमा आयोजना हुने सम्पूर्ण राष्ट्रिय क्रिकेट प्रतियोगिताका निमित सिनियर पुरुष क्रिकेट खेलाडीहरुले राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन अगाडी बन्द प्रशिक्षणको समयमा अनिवार्य २ केएम फिटनेस टेस्ट (यो-यो टेस्ट) पास गर्नु पर्नेछ । उक्त फिटनेस टेस्ट पास हुनु असमर्थ खेलाडीहरुलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश-१ को क्रिकेट टिममा समावेश गरिने छैन,' संघका सचिव मनोज कटुवालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
फिटनेस टेस्ट अन्तर्गत २ किमिको दुरी फास्ट बलरले ८.१५ मिनेटमा, ब्याट्सम्यान र स्पिनरले ८.३० मिनेटमा पूरा गर्नु पर्नेछ ।
