काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य लाल मोहर यादव र नागेश्वर थारुले भारतमा आयोजना हुने कबड्डीको फ्रेन्चाइज लिग प्रो कबड्डी खेल्ने भएका छन् ।
प्रो कबड्डीको नयाँ सिजनका लागि भारतमा भएको अक्सनबाट लाल र नागेश्वर बिक्रि भएका छन् । लाल र नागेश्वरलाई बैंगलुरु बुल्सले अनुबन्ध गरेको हो ।
अक्सनको 'सी' श्रेणीमा रहेका लाल र नागेश्वरलाई बैंगलुरुले समान १०/१० लाख भारुमा क्लबमा भित्राएको हो ।
लालले यस अघि पनि बैंगलुरुबाट खेलिसकेका थिए । यस्तै अघिल्लो सिजन नेपालका संजय श्रेष्ठले पनि बैंगलुरुबाट खेलेका थिए ।