काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो समय फुटबल लगायत अन्य खेलका खेलाडीहरु विदेश पलायनको लर्को लागेपछि अलमुताईरीले नेपाली खेलकुदको भविष्य जोगाउन आग्रह गरेका हुन् ।
'आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिन,' अलमुताईरीले शनिबार फेसबुकमा लेखेका छन्,'नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु ।'
मुख्य प्रशिक्षक अलमुताईरीले नेपाली खेलकुद जोगाउनका लागि समिति गठन गरेर रोडम्याप बनाउन आग्रह समेत गरेका छन् ।
'नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन खेलकुद मन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र संघलाई विनम्र अनुरोध गर्दछु,' अलमुताईरीले लेखेका छन् ।