काठमाडौं । पाहुना टोली दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी खेल जितेको छ ।
ब्रिस्टोलमा बुधबार राति भएको खेलमा पाहुना टोली २१ रनले विजयी भएको हो । जितसँगै पाहुना टोलीले २ खेलको टी-ट्वान्टीमा १-० को अग्रता बनाएको छ ।
भ्रमणकारी टोलीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभर ९ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो ।
उसका लागि लोर्कान टुकरले ७८ रनको अर्धशतकीय इनिङ खेले । जर्ज डक्रेलले ४३ तथा पाउल स्टर्लिङले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि ताब्रज साम्सी,केशव महाराज तथा वाइनी पार्नेलले समान २/२ विकेट लिए । लुंगी एनजिडी र डेनियल पिटोरियसले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
उसका रिजा हेन्ड्रिक्स र एडम मार्क्रमले अर्धशतकीय इनिङ खेले । हेन्ड्रिक्सले ७४ तथा माकरमले ५६ रन बनाए ।
घरेलु टोलीका लागि ग्रेथ डिलेनीले २ तथा जोस लिटिल र एन्ड्री म्याकबर्नीले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रबार हुनेछ ।