काठमाडौं । भारतले अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध खेल्ने टी-ट्वान्टी तथा एकदिवसीय सिरिजको मिति तथा खेल हुने स्थान घोषणा गरेको छ ।
घरेलु टोली भारतले अष्ट्रेलियासँग ३ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।
दक्षिण अफ्रिकासँग भने समान ३/३ खेलको टी-ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय खेल्नेछ ।
भारत र अष्ट्रेलियाबीचको पहिलो टी-ट्वान्टी खेल२० सेप्टेम्बरमा मोहालीमा हुनेछ ।
अष्ट्रेलियाविरुद्धको दोस्रो र तेस्रो टी-ट्वान्टी २३ र २५ सेप्टेम्बरमा नागपुर र हैदराबादमा हुनेछ ।
दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिले ३ टी-ट्वान्टी खेलको सिरिज खल्नेछ ।
पहिलो टी-ट्वान्टी २८ सेप्टेम्बरमा त्रिभेन्तापुरममा हुनेछ ।
दोस्रो र तेस्रो टी-ट्वान्टी २ र ४ अक्टोबरमा गोहावाटी र इन्दोरमा हुनेछ ।
त्यस लगत्तै ३ खेलको एकदिवसीय सिरिज हुनेछ ।
पहिलो एकदिवसीय ६ अक्टोवरमा लखनउमा हुनेछ ।
दोस्रो एकदिवसीय ९ अक्टोबरमा राँचीमा तथा तेस्रो एकदिवसीय ११ अक्टोबरमा दिल्लीमा हुनेछ ।
