काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै ट्रिटनले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित गर्यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित भए ।
ट्रिटनका अमित श्रेष्ठ ‘म्यान अफ द सिरिज’ ट्रिटनकै रवि शाह उत्कृष्ट ब्याट्सम्यान र जेएमडीका सुमित झा उत्कृष्ट बलर चुनिए । चारदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।