काठमाडौं । नेपाली ब्राण्ड केटीएम सिटीको सोरुम बुटवलमा सञ्चालनमा आएको छ । काठमाडौं र देशको पूर्वी क्षेत्रमा आक्रमक रुपमा ब्यापार विस्तार गरिरहेको केटीएम सिटीले पश्चिम नेपालको औधोगिक शहर बुटवलमा समेत सोरुम सञ्चालनमा ल्याएको छ ।
बुटवलको सिंह कम्प्लेक्समा केटीएम सिटीले नयाँ सोरुमको उद्घाटन गरेको छ । पश्चिम नेपालको ब्यापारलाई लक्षित गर्दै सोरुमलाई सञ्चालनमा ल्याईएको केटीएम सिटीले जनाएको छ । शेर्पा आउटडोर अन्तर्गतको केटीएम सिटी नेपाली ‘ब्राण्ड’ हो ।
बुटवल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष महेशमान सिंहले बुटवल सोरुमको उद्घाटन गरे । उनले बुटवल स्टोरको स्थापनासँगै शहरमा खेलकुदको संस्कृती थप विस्तार हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा नोर्बु शेर्पा सहितको उपस्थिती रहेको थियो ।
भारतको विभिन्न शहर हुँदै युरोपसम्म ब्यापार विस्तार गर्ने योजनाका लागि केटीएम सिटी अघि बढिरहेको छ ।
नेपालमा सस्तो मुल्यमा गुणस्तरीय लुगाका सामान उपलब्ध गराउने उद्धेश्यले सुरुवात गरिएको केटीएम सिटीले पछिल्लो समय नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको छ ।
नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य ‘किट’ पार्टनर रहेको केटीएम सिटीले विभिन्न खेल तथा खेलकुदका प्रतियोगितामा आफुलाई आबद्ध बनाउँदै लगेको छ ।