काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग(बीबीएल) को १२ औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् ।
बीबीएलले बुधबार आफ्नो सामाजिक संजालबात सन्दीप ड्राफ्टमा रहेको जनाएको छ ।
उनी ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुन्।
सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।
सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।
आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताएका थिए ।
पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्समा रहेका थिए ।
