काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-ट्वान्टीमा भारतले जित निकालेको छ ।
मंगलबार राती भएको खेलमा भारतले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो ।
जितसँगै ५ खेलको सिरिजमा भारतले २-१ को अग्रता बनाएको छ ।
घरेलु टोलीले दिएको १ सय ६५ रनको लक्ष्य भ्रमणकारी टोलीले ६ बल बाँकी रहदै ३ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि सुर्य कुमार यादवले ७६ रनको अर्धशतकीय इनिङ खेले । ऋषभ पन्तले अविजित ३३ तथा श्रेयस ऐयरले २४ रन बनाए ।
कप्तान रोहित शर्माले ११ तथा दिपक होडाले अविजित १० रन बनाए ।
वेस्ट इन्डिजका डोमिनिक डार्कस् , जासन होल्डर तथा अकिल होसेनले समान १/१ विकेट लिए ।

त्यसअघि ब्यटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
उसका लागि केली मेयर्सले ७३ रनको अर्धशतकीय इनिङ खेले । रोभमेन पावेलले २३ तथा कप्तान निकोलस पुरनले २२ रन बनाए । शिमरन हिटमायर तथा ब्राण्डन किंग्सले समान २०/२० रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्ड्या र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको चौथो टी-ट्वान्टी शनिबार हुनेछ ।