काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजका लागि घरेलु टोली इंग्ल्यान्डको टिम घोषणा भएको छ ।
दक्षिण अफ्रिकासँगको ३ खेलको टेस्ट सिरिजको सुरुआती २ खेलका लागि इंग्ल्यान्डले बेन स्टोकको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्डको टोलीमा तिब्र गतिका बलर ओली रविन्सनले पुनरागमन गरेका छन्।
दुई टोलीबीचको पहिलो टेस्ट १७ अगस्टमा लर्ड्समा सुरु हुनेछ ।
