काठमाडौं । राष्ट्रिय खेलकुद परिषदबाट अनिवार्य अवकाश प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर केसीलाई बुधबार बिदाइ गरिएको छ ।
एक कार्यक्रमकाबीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै केसीलाई बिदाइ गरे।
कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले केसीको आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले केसीको अनुभवलाई उपयोग गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले परिषद्मा कर्मचारीहरुले अन्यायपूर्ण जीवन विताईरहेको भन्दै आफु सदा कर्मचारीको साथमा रहने बताए ।
कार्यक्रममा बोल्दै केसीले ३० औं वर्ष खेलकुदमा कार्य गर्दा सेवका क्रममा केहि तिता, नमिठा कुराहरु भएमा त्यसलाई आत्मसाथ नगर्न र आफुले पनि त्यसलार्य सेवाका क्रममा भएको क्रियाकलापको रुपमा लिएको भन्दै अनिवार्य अवकासका कारण सेवाबाट बाध्यात्मक विदाई भएता पनि खेलकुदबाट टाढा नरहने बताए ।
यस्तै शुभकामना सहित बिदाई दिने क्रममा तालिम तथा प्रशिक्षण विभागका बरिष्ठ प्रशिक्षक अर्जुन बहादुर बिकले अनिवार्य अवकासका कारण बिदाइ भएता पनि केसी खेलकुदबाट टाढा नरहने बताए ।
कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा केसीसंगको सम्वन्ध आत्मिय भएको भन्दै आगामी समय सफलतापूर्वक बितोस भन्दै शुभकामना ब्यक्त गरे ।
खेलकुद विकास विभागका प्रमुख रहेका केसी २०४७ अशोज ९ गते नायव सुब्बाको रुपमा परिषदको प्रशासनिक सेवामा प्रवेश गरेका थिए । परिषद् अन्तरगत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका केसीको २०५४ असोज १५ गते अधिकृतमा बढुवा भएको थियो । यस्तै २०६३ पौष २१ गते द्वितीय श्रेणीमा बढुवा भएका उनी २०७९ आषाढ १२ गते प्रथम श्रेणीमा बढुवा भएका थिए ।