बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीलाई दैनिक २ हजार भत्ता

शुक्रबार, ०६ श्रावण २०७९खेलपाटी संवाददाता
खेलाडीलाई दैनिक २ हजार भत्ता
Loading ad...
mustang rice ad

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएका हुन् । 

२०७६ सालमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदमा खेलाडीले दैनिक १४ सय रुपैयाँ भत्ता पाएका थिए । गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाडीले खानपिन र बसोबासका लागि २ हजार रुपैयाँ भत्ता पाउने भएका हुन् । 

‘पोखरा पर्यटकीय क्षेत्र पनि हो । समय अनुसार पनि रकममा केही वृद्धि हुन्छ । सोही कारण नवौं राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियलका लागि दैनिक २ हजार भत्ता निर्धारण गरिएको छ ।’ नवौंको कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले खेलपाटीसँग भने । 

पौडेलका अनुसार भत्ताको समय अवधि खेलाडी सहभागी हुने इभेन्टको अघिल्लो दिनबाट सुरु भएर प्रतिस्पर्धा सकिएको भोलिपल्टसम्म लागु हुनेछ । ‘खेलाडी सहभागी हुने इभेन्ट सुरु भएको अघिल्लो दिनदेखि खेलाडीको चुनौती समाप्त भएको भोलिपल्टसम्म खेलाडीले दैनिक भत्ता प्राप्त गर्नेछन् ।’ पौडेलले भने । 

सरकारले तयार गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिकामा खेलाडी भत्ताको विषय उल्लेख गरेको छैन । निर्देशिकाको आर्थिक व्यवस्थापनमा परिषदले प्रतियोगितामा सहभागी हुने अफिसियल, खेलाडी, कर्मचारी, विज्ञ, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक र निर्णायकहरुलाई अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिम पारिश्रमिक, भत्ता एवं अन्य सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । 

कार्यकारी समितिका सदस्य सचिव पौडेलले नवौं राष्ट्रिय खेलकुदमा करिब ७ हजार १ सय ९० खेलाडी, १२ सय प्रशिक्षक र हजार जना रेफ्री सहभागी हुने बताए । 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुदैछ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक गैर आवसीय नेपाली संघ –एनआरएनए)को टिम सहभागी हुनेछन् ।
 

Loading ad...
LiNing Ad
#नवौं राष्ट्रिय खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित