काठमाडौं । माल्दिभ्समा भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिटनेश च्याम्पियनसिपमा पदक विजेता नेपाली शारिरीक सुगठन टोली भोलि शुक्रबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने संघका उपाध्यक्ष एव टोली ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए।
च्याम्पियनसिमा तीन खेलाडीको सहभागिता रहेकोमा उमेश राईले रजत र राजु राईले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
यस्तै महिला एथलेटिक फिजिकमा सहभागि सुजिता मानन्धरले छैटौ स्थान प्राप्त गरेकी थिईन् ।