काठमाडौं । नेपालका उमेश राईले माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएका छन् ।
उमेशले बुधबार पुरुष ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए ।
कुल ८ खेलाडी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।
यस अघि फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य पदक प्राप्त गरेका थिए ।
तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिला तर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफ भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले जानकारी गराए ।
खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए ।
यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एशियाको उपाधि जिते ।