शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा बैठक भोलि : एक अर्कालाई गलाउने रणनीति

आइतबार, ०१ श्रावण २०७९खेलपाटी संवाददाता
एन्फा बैठक भोलि : एक अर्कालाई गलाउने रणनीति
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक पेचिलो बन्ने भएको हो । प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई समुह निर्वाचनको नतिजासँगै एक अर्कालाई गलाउने रणनीतिका साथ कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेका छन् । एन्फाको निर्वाचित कार्यसमितिको सूचना र एजेण्डा सहितको पहिलो बैठक भोलि सोमबार बस्दैछ । बैठक अघि तीन वटा पक्षले आफ्नो समूहको आन्तरिक बैठक र छलफललाई सघन बनाएर नेतृत्व र विपक्षमा रहेको समुहमाथि दबाब बढाउने तयारी थालेका छन् । एन्फाको पछिल्लो चुनावबाट नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङ, पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र गणेश थापाको तीन वटा समूह बनेको छ । 

आकस्मिक रुपमा पहिलो बैठक एन्फा नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङले महासचिव, कोषाध्यक्ष, अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख जस्ता पदमा आफु अनुकुल निर्णय गराएका थिए । पहिलो बैठकमा ठाडो प्रस्तावमा एजेण्डा पास गराएका नेम्वाङ दोस्रो बैठक अघि भने दबाबमा छन् । नविन पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नियुक्त गर्ने नेम्वाङको पहिलो बैठकको निर्णयनै विवादमा परेको थियो । सो निर्णयको एन्फाका पूर्व अध्यक्ष गणेश थापाले समेत विरोध गरेका थिए । थापा अहिले नेम्वाङ बिराजमान रहेको एन्फा अध्यक्षको कुर्सीको मुख्य ‘टेको’ हुन् ।

नेम्वाङले दोस्रो बैठकमा ११ वटा विभिन्न एजेण्डा राखेर कार्यसमिति बैठक आह्वान गरेका छन् । जसमा एजेण्डा नम्बर ७ मा रहेको विभिन्न पदाधिकारीको नियुक्तिमा सबैको ध्यान केन्द्रित छ । चुनाव अघि महासचिवको रुपमा चर्चामा आएका गणेश थापाका छोरा गौरव थापालाई व्यवस्थापन गर्नुपर्ने चुनौती नेम्वाङसँग छ । सोमबारको बैठकमा प्रक्रिया मिलाएर सिइओ वा सहायक महासचिवको पहिलो नम्बरमा गौरवलाई नियुक्ति दिने तयारी छ । आफैले भ्रष्ट्राचारको मुद्धामा प्रतिबन्धसम्म पुर्याएका गणेश थापाका छोरालाई देखिने गरि एन्फामा जिम्मेवारी दिने विषय नेतृत्वलाई सकस छ । 

गणेश थापा दोस्रो बैठकमार्फत छोराको भुमिकामा ‘क्लियर’ गर्न खोजेपछि नेम्वाङ समुहकै केही अधिकारी रुष्ट बनेका छन् । खेलाडी र खेल विकासको एजेण्डालाई ओझेलमा पारेर फुटबललाई पैतृक सम्पती जसरी प्रयोग गर्न खोजिएको भन्दै नेम्वाङ समुहका नविन पाँडेले सार्वजनीक अभिव्यक्तिमार्फत चेतावनीनै दिएका छन् । उनको सार्वजनीक चुनौतीले गणेश थापाको जोडबलमा हुन लागेको एन्फाको पदाधिकारी नियुक्तिलाई थप प्रस्ट गर्छ । 

पाँडेमात्र हैन कार्यसमिति बैठकको एजेण्डामा खेल र खेलाडीको विषय समावेश नभएको भन्दै उपाध्यक्ष कुमार केसीले एजेण्डा थप गर्न भन्दै महासचिवसँग पत्रनै दर्ता गराएका छन् । उनले रोकिएको महिला लिग, हुन नसकेको राष्ट्रिय लिग र घरेलु फुटबलका तीन वटा डिभिजनका फुटबल र युथ प्रतियोगिता ललित स्मृतिको एजेण्डामा निर्णय गरेर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने भन्दै पत्र दर्ता गराएका छन् । वर्तमान फुटबल नेतृत्व राजनीति र पदाधिकारी नियुक्तिमा मात्र केन्द्रित रहेको भन्दै उनले फुटबलका कार्यक्रमलाई एजेण्डामा थप गरेर निर्णय गर्न अध्यक्ष नेम्वाङलाई दबाब बढाएका छन् । कार्यसमिति बैठक अघिनै एन्फाको खेलाडी संघले वार्षिक क्यालेन्डरको माग गर्दै अध्यक्ष नेम्वाङलाई ज्ञापन पत्र बुझाईसकेको छ ।

चुनावी परिणाम लगत्तै चिसिएको नेम्वाङ र थापाको सम्बन्ध दोस्रो बैठक अघि सामान्य अवस्थामा फर्किसकेको छ । सोही कारण बहुमतका आधारमा एजेण्डा पास गर्ने नेम्वाङको तयारी छ । तर नेतृत्वमा पुग्नु अघि नेम्वाङ पक्षले उठाउँदै आएको राष्ट्रिय लिग, स्थगित अवस्थामा रहेको महिला लिग र अनिश्चित बनेको घरेलु लिगको मिति घोषणा गरेर जानुपर्ने भन्दै विपक्षी समुहको नेतृत्वमाथि दबाब बढाउने रणनीति छ । 

एन्फाको प्रस्तावित एजेण्डा :

 

उपाध्यक्ष कुमार केसीले एजेण्डा थप गर्न माग गर्दै दर्ता गरेको पत्र :

Bajaj Pulsar Motorcycle Ad
#एन्फा बैठक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती

फिक्का लिभरपुल

फिक्का लिभरपुल