काठमाडौं । डिगविजय अधिकारीले कार्ट्स रेसिङ कम्पिटिसन 'कार्ट्समान्ड सिलालम' को उपाधि जितेको छ ।
धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा शनिबार आयोजना भएको प्रतियोगितामा अधिकारी पहिलो भएका हुन् । यस्तै बिबेश श्रेष्ठ दोस्रो र फेलिक्स भ्यान रिसन तेश्रो भए ।
करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ चरणमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल चरणमा पुगेका थिए । फाइनल चरणमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडीलाई सिंगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले जनाएको छ ।
विजयी खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, एफ आइ ए वर्ल्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले पुरस्कृत गरे ।
कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव घिसिङले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोष जनक लयमा रहेको बताउँदै आगामी दिनमा राखपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।