शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एजेन्डा थप्न एन्फा उपाध्यक्ष केसीको माग 

बिहिबार, ३० असार २०७९खेलपाटी संवाददाता
एजेन्डा थप्न एन्फा उपाध्यक्ष केसीको माग 
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष कुमार केसीले संघको आसन्न कार्यसमिति बैठकमा एजेण्डा थप्न माग गरेका छन् । नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै उनले आसन्न बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका हुन् । 

उपाध्यक्ष केसीले एन्फा मुख्यालय पुगेर महासचिव किरण राई समक्ष एजेण्डा थपको विषयमा पत्र दर्ता गराएका छन् । 
उपाध्यक्ष केसीले विशेष साधारण सभाको मिति तोक्नुपर्ने, महिला लिगको दोस्रो चरणको खेलको सम्बन्धमा निर्णय गर्नुपर्ने, राष्ट्रिय लिग गर्ने सम्बन्धमा कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय महिला लिगको पहिलो चरण समाप्त भैसकेको छ । तर एन्फाले दोस्रो चरणको लिगको सन्दर्भमा कुनै निर्णय गरेको छैन । नयाँ कार्यसमितिले स्थगित अवस्थामा रहेको महिला लिगको सन्दर्भमा कुनै पनि छलफल अघि बढाउने तयारी गरेको छैन । सोही कारण महिला लिगको दोस्रो चरण अन्यौलमा छ । 

उपाध्यक्ष केसीले महिला लिगको दोस्रो चरणको खेलको सम्बन्धमा निर्णय गरेर जानुपर्ने माग गरेका छन् । 

उनले लिगको क्यालेन्डर अनुसार ए, बी र सी डिभिजन लिगको समय निर्धारण गर्नुपर्ने र दुई वर्षदेखि स्थगित अवस्थामा रहेको उमेर समुहको प्रतियोगिता ललित स्मृति यू–१८ खेल गराउने सम्बन्धि एजेण्डामा छलफल गर्नुपर्ने माग गरेका छन् ।

एन्फाले साउन २ गतेको कार्यसमिति बैठकमा एनएसएलसँगको सम्झौता रद्ध गर्ने, विभिन्न पदाधिकारी नियुक्ति गर्ने लगायतका १२ वटा एजेण्डामा छलफल गर्ने भन्दै कार्यसमिति सदस्यलाई पत्र पठाएको छ । 

उपाध्यक्ष केसीले फुटबल गतिविधि सञ्चालनका लागि तत्काल प्रतियोगिताको मिति तोकेर अघि बढ्नुपर्ने लगायतका एजेण्डामा छलफलको माग गरेका छन् । 

‘नयाँ कार्यसमितिले फुटबलको क्यालेन्डर बढाएर अघि बढ्नुपर्ने हो । तर एजेण्डामा सो विषय समावेश भएको देखिएन ।’ केसीले खेलपाटीसँग भने, ‘बजेट निर्माण गरेर फुटबलको कार्यक्रमनै निर्धारण गरेर अघि जानपर्छ ।’

एन्फाको नयाँ नेतृत्वले घरेलु फुटबलका गतिविधि अघि बढाउने वार्षिक क्यालेन्डरको विषयमा कार्यसमितिमा कुनै एजेण्डा बनाएको छैन । घरेलु लिगको मिति नतोक्दा खेलाडीहरु बेरोजगार अवस्थामा छन् ।

घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेश पलायन हुने क्रम बढेको छ । तत्काल लिगको मिति तोकेर खेलाडी र फुटबलको गतिविधि अघि बढाउनुपर्ने दायित्व एन्फा समक्ष छ । 

 

Bajaj Pulsar Motorcycle Ad
#एन्फा उपाध्यक्ष केसी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती

फिक्का लिभरपुल

फिक्का लिभरपुल

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो