शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

फाप्ला विकास समितिको पहिलो बैठक सम्पन्न

बुधबार, २९ असार २०७९खेलपाटी संवाददाता
फाप्ला विकास समितिको पहिलो बैठक सम्पन्न
Classic Tech Internet Ad

काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठक धनगढीमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, मन्त्रालयका सचिव दामोदार रेग्मी, धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा लगायत प्रदेश मन्त्रालयका अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

बैठकले धनगढी उपमहानगरभित्र उपयुक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउने, इआइएको कार्य अघि बढाउन कार्य क्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनोटको काम अघि बढाउने, समितिलाई आवश्यक पर्ने बजेट सरकारसँग माग गर्ने लगायतको निर्णय गरेको छ । 

समिति बैठकमा खेलकुद मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माण कार्यलाई द्रूत गतीमा अघि बढाउने प्रतिबद्धता जनाए । विकासमा राजनीति गर्न नहुने दोहोर्याउँदै उनले रंगशाला निर्माण अभियानमा जोडिन सम्पूर्णलाई आह्वान गरे ।

समितिका अध्यक्ष शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउने सपना साकार हुने कुराको सुरुवाती बैठकको रुपमा औल्याउँदै यस सपना साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरे । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले पूर्वाधार निर्माण सम्बन्धि जारी गठन आदेशले नेपालमा विकास पूर्वाधार निर्माणको नयाँ मोडल परिकल्पना गरेकाले यो पूर्वाधार निर्धारित समयमा बन्ने कुरामा आफू ढुक्क रहेको बताए । 

समितिका नवनियुक्त कार्यकारी निर्देशक शेर बहादुर बि.सी.ले सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने पूर्वाधार निर्माण सम्बन्धि परियोजनाको मुख्य जिम्मेवारी सम्हाल्न पाउँदा खुशी लागेको बताउँदै यस अवसर र चुनौतीको सही सदुपयोग गर्दै समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

Bajaj Pulsar Motorcycle Ad
#फाप्ला #सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती

फिक्का लिभरपुल

फिक्का लिभरपुल

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो