शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

बोर्ड सदस्यको रिट खारेज, पदमुक्तको निर्णय सदर 

बुधबार, २९ असार २०७९हिम बिक्रम केसी
बोर्ड सदस्यको रिट खारेज, पदमुक्तको निर्णय सदर 
Classic Tech Internet Ad

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई सदर गरेको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै अदालतले मुद्धा खारेजीको निर्णय गर्दै सरकारको निर्णयलाई सदर ठहर्याएको हो । 

अदालतका न्यायाधिशद्धय ध्रुवराज नन्द र सुदर्शनराज पाण्डेले दायर रिटमाथि अन्तिम सुनुवाई गर्दै रिट निवेदनलाई खारेज गर्ने फैसला गरेका हुन् । साथै अदालतको अवहेलना हुने गरि सरकारले निर्णय गरेको भन्दै दायर अर्को रिटमा अदालतले दाबी नपुग्ने फैसला पनि सुनाएको छ । 

अदालतको निर्णयसँगै तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालामा नियुक्त भएका ९ जना बोर्ड सदस्यको पद खोसिएको छ । पछिल्लो निर्णयले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नियुक्त गरेका ८ जना बोर्ड सदस्यले काम गर्ने ढोका खुलेको छ । 

मंसिर ५ गते युवा तथा खेलकुद मन्त्री गहतराजले तत्कालिन ओली सरकारको पालामा नियुक्त गरिएका ९ जना राखेपका बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

No description available.

सरकारले बिज्ञको रुपमा नियुक्ति पाएका रिम रानाभाट, इन्दिरा निरौला, राष्ट्रिय संघबाट आएका रेनुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सम्पन्न श्रेष्ठ र अर्जुन केसी तथा उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा गोपाल खनाल र शाहसीक तथा पर्यटकीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा नियुक्ति पाएका गोबिन्द भट्टराईलाई पदमुक्त गरेको थियो । सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले राखेपका ९ बोर्ड सदस्यलाई हटाएको थियो । 

एक तिहाई सदस्यले बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गर्न सक्ने प्रावधान हुँदा हुदै पनि खेलकुदको विकास र विस्तारमा उदासिन देखिएको, बोर्ड सदस्यको रुपमा पदीय जिम्मेवारी पुरा गरेको अवस्था नदेखिएको र राखेपको हितमा योगदान पुर्याएको अवस्था नदेखिएको कारण देखाउँदै बोर्ड सदस्यलाई स्पष्टिकरण सोधेको थियो ।

सरकारको निर्णयविरुद्ध पदमुक्त भएकी रेनुका श्रेष्ठ सहित ५ बोर्ड सदस्यले पाटन अदालतमा रिट दायर गरेका थिए । श्रेष्ठ सहित सुवर्ण श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुबास श्रेष्ठ र रिम रानाभाटले सरकारको निर्णय चित्त बुझ्दो नभएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । 

पदमुक्तको निर्णय लगत्तै मन्त्री गहतराजले माओवादी केन्द्रमा आबद्ध खेलकर्मीलाई समेट्दै ८ जना बोर्ड सदस्य नियुक्त गरेका छन् ।

मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतमा खेल विज्ञको रुपमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौलालाई, उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरि बर्दियाका दिपेन्द्र विष्ट र शाहसीक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुने गरि मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए ।

यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनित गरेका थिए । अदालतको पछिल्लो निर्णयले नयाँ नियुक्ति पाएका बोर्ड सदस्यलाई काम गर्ने बाटो खुलेको छ ।

यसअघि, सर्वोच्च अदालतले पनि सदस्य सचिवको मुद्धामा राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको थियो । सिलवालको रिट खारेज गरेसंगै सरकारले नियुक्त गरेका टंकलाल घिसिङ पुनर्बहाली भएर राखेप फर्किएका थिए । 

उच्च अदालत पाटनको पछिल्लो फैसलासँगै कानुनी झमेला र अदालतमा पुगेको राखेपको बोर्ड सदस्यको विवादको समाधान भएको छ ।  

Bajaj Pulsar Motorcycle Ad
#राखेप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा

प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती

फिक्का लिभरपुल

फिक्का लिभरपुल

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो