काठमाडौं । मोटर स्पोर्ट्सको विख्यात ब्राण्ड फर्मुला वानको विश्व ब्यापी अभियान अन्तर्गत नेपालमा आयोजना गरिएको फर्मुला वान इन स्कुल्स नामक कार्यक्रमको पहिलो चरणका तालिम सकिएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले पहिलो चरणका तालिमहरु सम्पन्न भएको जनाएको छ । पहिलो चरणको अन्तिम कार्यक्रम ब्लु बर्ड सेकेन्डेरी स्कुलमा गरिएको नासाले जनाएको छ ।
पहिलो चरणमा ब्लु बर्ड सेकेन्डेरी स्कुल, थापाथली क्याम्पस, काठमाडौं इन्जिनीयरिङ कलेज, जेभिएर एकेडेमी र न्याथममा तालिम तथा अभिमुखिकरणका २ सय जना महिला विद्यार्थीको सहभागिता भएको बताईएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय महिला मोटरसाइकल एसोसिएसन (विमा) नेपालकी संयोजक सुनिता देशारले आफ्नो मोटरसाइकल र कार्ट्स रेसिंगको अनुभव बाढ्नुका साथै यस कार्यक्रमले महिला शशक्तिकरणको निम्ती महत्वपूर्ण भुमिका खेल्ने बताए ।
फर्मुला वान इन स्कुल नेपालका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले फर्मुला वान, कार्ट्स रेसिंगको विषयमा अभिमुखीकरण तथा तालिम दिनु भएको कार्यक्रममा विमा नेपालकी सदस्य सोना अमात्य, मन्चन तिवारी, कृष्ण आचार्य, नासा नेपालका ब्रान्डिङ अफिसर सौगात राजभण्डारी लगायतको उपस्थिति थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले असार १२ गते यस कार्यक्रमको शुभारम्भ गरेका थिए ।