काठमाडौं । नेपाल बुद्धिचाल संघको नवनिर्वाचित कार्यसमितिले आगामी योजनाहरु सार्वजनिक गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै संघको भावी योजनाहरु सार्वजनिक गरेको हो ।
सोमबार भएको सातौं साधारणसभा एवं निर्वाचनले विदुरप्रसाद गौतमको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
नयाँ कार्यसमितिले आगामी चार वर्षे कार्यकालमा प्राथमिकतामा राखिएको योजनाहरु सार्वजनिक गरेको छ ।
संघको आगामी योजनाहरुः
- चेस खेललाई ग्रासरुट सम्म पुर्याउने ।
- सर्वाधिक अन्तराष्ट्रिय सहभागीता जनाउने खेल संघको रुपमा भएको पहिचान कायम गर्ने ।
- सक्दो धेरै फिडेका अफिसियल प्रतियोगिता आयोजना गर्ने ।
- क्यालेण्डरको निर्माण गरी सबै खाले राष्ट्रिय प्रतियोगिताहरुको नियमित आयोजना गर्ने ।
- १ महिना भित्र संघको आफ्नै कार्यालय स्थापना गर्ने ।
- संघको अफिसियल वेभसाईट १ हप्ताभित्र संचालनमा ल्याउने ।
- मिसन आईएम प्रोजेक्ट लन्च गर्ने ।
- चेस ईन स्कुल प्रोगाम पुनः शुरु गर्ने ।
- हाल ५० जिल्लामा कायम रहेको संघको स्वरुपलाई १ वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिनेछ ।
- २०७६ सालमा नै ७ वटै प्रदेशको संरचना बनिसकेको अवस्थामा मधेश प्रदेश बाहेकका ६ वटा प्रदेश खेलकुद परिषद तथा बोर्डमा प्रदेश संघहरु दर्ता प्रक्रियामा गईसकेका छन् ।
- ४ वर्षे कार्यकालमा सकभर सबै पालिकामा बुद्धिचाल संघ गठन गरिसक्ने ।
- खेलाडी संरक्षण कोषको स्थापना गर्ने ।
- खेलाडी, आर्विटर, ट्रेनर तथा अर्गनाईजरलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।