बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

मंगलबार, २८ असार २०७९खेलपाटी संवाददाता
केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु
Loading ad...
mustang rice ad

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।

उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।

ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरेका थिए ।

विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको  छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रोपटक हो ।

एथलेटिक्स : निशा पहिलो

एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोश्रो तथा बागमती प्रदेशकी कृतिका रन्जितकार तेश्रो भए ।

छात्रा १ हजार ५ सय मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गरेकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो भइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोश्रो तथा कर्णालीकै मोतीकला डाँगी तेश्रो बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमिलाले १.३० मिटर जम्प  गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रुपमा दोश्रो भए । दुवैले १.२५ मिटर हामफाले ।

कराते : रेहान र सन्जुलाई स्वर्ण

करातेको एकल कातातर्फ पुरुषमा बागमतीका रेहान जोवद तथा महिलामा बागमतीकै सन्जु देशार पहिलो भएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजीत बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले कांस्य जिते । महिलामा बागमतीकी प्रजिस्मा श्रेष्ठ दोश्रो तथा कर्णालीका प्रियंका शाही र ममता नेपाली तेश्रो बने ।

Loading ad...
LiNing Ad
केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित