बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसएल : एन्फा अन्यौलमा, आयोजक लचिलो 

सोमबार, २७ असार २०७९खेलपाटी संवाददाता
एनएसएल : एन्फा अन्यौलमा, आयोजक लचिलो 
Loading ad...
mustang rice ad

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को आयोजनालाई लिएर विवाद पुन सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा आएको नेतृत्व परिवर्तनसँगै घरेलु फुटबलको महत्वकांक्षी परियोजना विवादमा परेको छ । एन्फाको अघिल्लो कार्यसमितिले चार वर्षका लागि एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग सम्झौता गरेको थियो । तर एन्फामा नयाँ नेतृत्व आएसँगै फ्रेन्चाइज फुटबल एनएसएलको भविष्य अनिश्चित देखिएको छ । एन्फाको नयाँ कार्यसमितिमा आएका नेतृत्व सहित अधिकांश पदाधिकारी एनएसएलप्रति अनुदार छन् । एनएसएललाई ‘गोल्डकप’को रुपमा सार्वजनीक अभिव्यक्ति दिने अधिकारीनै एन्फा चुनावमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर आएका छन् । 

नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक अघि एन्फाले एनएसएलप्रति असन्तुष्ट ए डिभिजनका चार क्लबसँग बैठक गरेको छ । बैठक अनुसार कतिपय बुँदामा गम्भिर त्रुटि रहेको निष्कर्श सहित एनएसएलसँगको सम्झौता पत्र रद्ध गर्ने निर्णय गर्दै कार्यसमितिमा प्रस्ताव लैजाने सहमती गरेको छ । पछिल्लो घटनाक्रमले एन्फा र एनएसएलबीच भएको सम्झौता रद्ध हुने भएको छ । 

एनएसएललाई लिएर एन्फाको वर्तमान नेतृत्व आफैै अन्यौलमा देखिन्छ । एन्फा नेतृत्व ए डिभिजनका चार ठुला क्लबलाई बिच्काउन नि चाहदैन । नेतृत्वलाई तीनै तीन क्लबको बलमा चुनाव जितेर आएको गुण सम्झिनु परेको छ । एनएसएल हुन दिदैन भनेर आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीलाई पनि भन्न सकेको छैन । सहिद स्मारक ए डिभिजन लिग गर्न नसक्ने अवस्थामा रहेको एन्फा एनएसएललाई बिच्काएर थप दबाब खेप्न सक्ने अवस्थामा पनि छैन । 

क्लब र एन्फाको पछिल्लो सहमतीलाई लिएर आईतबार एनएसएलको आयोजक टिमले एन्फा नेतृत्वसँग छलफल गर्यो र स्पष्ट धारणा माग्यो । छलफलमा एन्फा पदाधिकारीले मिडियामा आए जस्तो विषय नभएको एनएसएलको आयोजक टिमलाई जानकारी गराएका थिए । तर कसरी अघि बढ्ने सन्दर्भमा स्पष्ट कुरापनि गर्न सकेनन् । एन्फाले कार्यसमितिको बैठक राखेर खबर गर्ने जवाफ एनएसएलका पदाधिकारीलाई गरेका छन् ।  

एन्फाले आसन्न असार २ गतेको कार्यसमिति बैठकमा एनएसएललाई एजेण्डाको रुपमा समावेश गरेको छ । सम्झौता रद्धको विषय कार्यसमितिबाट पास गराउने एन्फाको तयारी छ । तर नयाँ सम्झौता कसरी अघि बढाउने वा एनएसएल गर्ने-नगर्ने विषयमा एन्फा नेतृत्व आफै अन्यौलमा छ । छलफलमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले आफुहरु एनएसएलको विषयमा सकारात्मक रहेको बताएका थिए । ‘एनएसएल गर्ने पक्षमानै हो । तर यसलाई व्यवस्थित गरौं, मिलाएर गरौं । भोलिका दिनमा समस्या नहोस् भन्ने एन्फाको चाहना छ ।’ नेम्वाङको भनाइ उद्धित गर्दै बैठकले स्रोतले भन्यो । 

बैठकमा एनएसएल आयोजक टिमले सम्झौता रद्ध गरेर नयाँ सम्झौता अनुसार आफु अघि बढ्न तयार रहेको बताएका थिए । ‘एन्फाको वार्षिक क्यालेन्डर बनाएर जादा समस्या हुदैन । ए डिभिजनले कम्तिमा ६ महिना खेलाडीलाई राख्छ । एनएसएलले दुई, तीन महिना खेलाडीलाई अनुबन्ध गर्छ । यसले ए डिभिजन क्लबको आर्थिक भार पनि कम गर्छ ।’ एनएसएसका एक पदाधिकारीले भने । एनएसएल आयोजक टिमका सदस्यले प्रतियोगितामा आबद्ध १० वटा क्लबको भविष्यलाई हेरेर निर्णय लिन एन्फा नेतृत्वलाई सुझाएका थिए ।

दोस्रो संस्करणको एनएसएल भदौ २५ देखि कात्तिक ५ गतेसम्म आयोजना गर्ने तयारी गरिएको थियो । तर एन्फा भित्रको कुरुप राजनीतिको नजर एनएसएलमाथि लागेपछि प्रतियोगिताको भविष्य जोखिममा परेको छ । 

यो पनि, एसएसएलसँगको सम्झौता रद्ध गरिने

 

Loading ad...
LiNing Ad
#एनएसएल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित