नवौं राष्ट्रिय खेलकुद : मुल आयोजक कमिटीको बैठक बस्दै
शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक आज शुक्रबार बस्दैछ ।
नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक आह्वान गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहान १०:३० बजे जमलस्थित एल्लो प्यागोडामा बैठक बोलाएका हुन् ।
बैठकबाट कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गरेर नवौंको आयोजनामा जुट्ने योजना रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर कोभिडका कारण समयमै प्रतियोगिता नभएको हो ।
नवौं राष्ट्रिय खेलकुद : मुल आयोजक कमिटीको बैठक बस्दै









-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)





-1767268406472.png&w=3840&q=75)