काठमाडौं । नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेस्रो संस्करणको नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु भएको छ ।
संघले तेस्रो संस्करणको फाईनल खेल बिहीबारबाट सुरु भएको जनाएको छ ।
च्याम्पियनसिपमा डोटा २, सिएस गो, एमएलबिबी, टेकेन ७ र पब्जी गरि ५ विधामा प्रतिस्पर्धा हुँदैछ ।
जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।
च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रा.लि.ले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राईम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने भएको छ ।
च्याम्पियनसिपको सँस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ ।