शाही जिल्ला खेलकुद डोटीको अध्यक्षमा नियुक्त
आइतबार, असार १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जिल्ला खेलकुद विकास समिति डोटीको अध्यक्षमा प्रकाश शाही नियुक्त भएका छन् ।
सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषद्ले शाहीलाई डोटी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले रिक्त रहेको जिल्ला डोटीमा शाहीलाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिए ।
प्रदेशमा फुटबल सहितको विभिन्न खेलकुदमा सक्रिय रहदै आएका शाहीलाई प्रदेश सरकारले जिल्ला खेलकुदको नियुक्ति दिएको हो ।
#शाही जिल्ला खेलकुद











-1762856022963.jpg&w=3840&q=75)




