नुवाकोटे टाइगर नयाँ च्याम्पियन
काठमाडौं । नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बनेका छन् ।
प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् ।
अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए ।
झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाए । डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराए । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठी समेत प्रयोग गरिएको थियो । डेविडले १ लाख नगद पुरस्कार जिते ।
७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउदै ७५ हजार नगद पुरस्कार हात पारे ।
मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जिते । महिलामा आकृतिले तनुलाई पाखा लगाउदै सफलता हात पारिन् । तनुले ७० हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाए । सुजलले ६० हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्व मन्त्री अग्नी खरेल, संघीय सांसद् एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलोपटक लकडाउन भएएता नेपाल रिङ रेस्लिङ संघको सक्रियतामा भएको यो नवौं प्रतियोगिता हो । यसअघि दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, बसन्तपुर डबली, बूढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो । नुवाकोटमा दुईपटक रेस्लिङ भइसकेको छ ।









-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)





-1767268406472.png&w=3840&q=75)