काठमाडौं । उज्वेकिस्तानको फर्गानामा आयोजना हुने एसियाली हाप्किडो च्याम्पियनसीप तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागि हुने नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्दै छ ।
जुन २९ देखि जुलाइ ३ सम्म हुने प्रतियोगितामा सहभागि खेलाडीमा भुवन बुढा मगर, प्रविण गुरुङ, विजया कुमारी वाइवा र कृती गीरी र गुमान घर्ती मगरको सहभागिता रहने छ । गण्डकी प्रदेश खेलकुद विकास समितीकी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।
त्यसै अबसरमा आयोजना हुने सेमिनारमा नेपाल हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् ।