काठमाडौं । मोटर स्पोर्ट्सको विख्यात ब्राण्ड फर्मुला वानको विश्व ब्यापी अभियान अन्तर्गत नेपालमा 'एफ वान इन स्कुल्स' नामक कार्यक्रम सुरु भएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले आइतबार प्रेस विज्ञप्ति निकाल्दै 'एफ वान इन स्कुल्स' कार्यक्रम सुरु भएको जनाएको छ ।
नासा नेपालको आयोजनामा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा नेपालका १० वटा इन्जिनीयरिङ , साइन्स र ब्यबस्थापन कलेजका सय जना गर्ल्सहरु सहभागी थिए । सो कार्यक्रममा दिपक थापा, मन्चन तिवारी , विपिन गौतम , आशिष लामिछाने , सुयोग खनाल लगायतले फर्मुला वान , कार्ट्स रेसिङ , स्पोर्ट्स म्यानेजमेन्ट , सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका थिए ।
मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा आयोजना भयको कार्यक्रममा नासा नेपालका गोविन्द भट्टराई , नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटी , नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।