काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले मन्त्री मण्डल पुनर्गठनमा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव एवं प्रमुख सचेतक रहेका श्रेष्ठलाई सरकारमा सामेल गरेका हुन् ।
राष्ट्रिय खेलुकद परिषद् (राखेप)को सदस्य सचिवको रुपमा खेलकुद क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले दुई पटक खेलकुदको कार्यकारी प्रमुखको रुपमा सिंगो नेपाली खेलकुद चलाएका थिए ।
त्यसपछि नेपाल ओलम्पिक कमिटीमा सक्रिय श्रेष्ठले अध्यक्षको हैसियतमा अन्तराष्ट्रिय मञ्चमा नेपाली खेलकुदको नेतृत्व गरिरहेका छन् ।
खेलकुदकै लागेर राजनीतिक करियर बनाएका श्रेष्ठ नेपाली खेलकुदमा सफल नेताको रुपमा चिनिन्छन् ।