धनगढी । खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुई दिने तालिम कैलालीमा सुरु भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा सो तालिम शुरु भएको हो ।
मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरबाट हस्ताक्षर गरेर समुदघाटन गरेकी थिइन ।
सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइने । उनले भनिन ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ ।’ उनले खेलकुदले मानिसलाई अनुशासित पनि बनाउने बताइन । खेलकुदले मानिसलाई स्वस्थ राख्न पनि टेवा पुर्याउने बताइन।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले मञ्चले प्रदेशमा खेलकुदको विकासमा थप बल दिइरहेको बताए । उनले खेलकुद मंचमा आवद्ध पत्रकारकै कारण यस प्रदेशमा ओझेलमा रहेका खेल क्षेत्र र खेलाडीहरुलाई देशभरी चिनाउन कलममार्फत योग्दान पुर्याईरहेको बताए ।
मञ्चका उपाध्यक्ष श्रवण देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए । तालिममा कान्तिपुरका खेलकुद पत्रकार हिमेश ब्रजाचार्य, खेलकुद पत्रकार मञ्चका गोविन्दराज नेपाल, विराट जंग रायमाझि, अञ्जन खड्का लगायत प्रशिक्षक रहेका छन् ।