काठमाडौं । चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ ।
काठमाडौंमा शनिबार सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन्।
मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष बरियताका विवेक थीङ स्वत : छनोट भइसकेका छन् ।
यसैगरी, महिलातर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, बिनिता कपाली र शान्ती धिमाल छनोट भए ।
कृत्तीसराले ५.५, अनिसा र बिनिताले ५ तथा शान्तीले ४.५ अंक हात पारे ।
राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुना लोहनी स्वत छनोट भएकी छिन् ।