काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुआतमा ब्याटिङ गर्नेछ ।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।
युएईले समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
युएईले ४ खेलमा ७ अंक जोड्यो ।
नेपाल समूह 'बी' को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।