काठमाडौं । नेपाली खेलकुदका ईतिहास शरद चन्द शाहको बिहीबार राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ ।
ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमविच नेपालको झण्डोत्तोलनका साथै रिवन काटेर उद्घाटन गरे । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन सफल भएकोमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह प्रति विशेष सम्मान र श्रद्धा ब्यक्त गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गरे।
अहिले सम्म भएका सदस्य सचिवहरु मध्ये ऐतिहासिक कार्य गर्न सफल शाह आफ्नो पनि प्रेरणको श्रोत रहको भन्दै कसैको अवमुल्यन नभई पूर्व नेतृत्वले गरेका कामहरुलाई निरन्तरता प्रदान गर्ने र अपुग भएका कामलाई पूर्णता प्रदान गर्ने तर्फ पहल गर्नु पर्नेमा जोड दिए । शाहको फोटो प्रदर्शनले हिजोका दिनमा भएका कार्यहरुबाट नयाँ सोचको विकास गर्न मद्धत पुगेको उनले बताए ।
सदस्य सचिव घिसिङले खेलकुद सवैको साझा भएकाले यहाँ कुनै राजनैतिक स्वार्थ हुनु नहुने बताए । खेलकुद मात्र एक त्यस्तै क्षेत्रहो जसले सवैलाई एकै ठाउँमा बाँध्न सक्ने र विश्वमा नेपाल र नेपालीलाई पहिचान गराउन सक्ने भन्दै नेपाली खेलकुदको विकासमा प्रतिष्ठान संग हातेमालो गरेर अगाडी बढ्न सँधै तत्पर रहेको बताए ।
प्रदर्शनी पाँच दिन सम्म संचालन हुने कार्यक्रम रहेको छ ।