काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
पाकिस्तानले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
पाकिस्तानले घोषणा गरेको टोलीमा अलराउण्डर एघा सलमानले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
यस्तै यासिर साह टेस्ट टोलीमा फर्किएका छन् ।
पाकिस्तानले घरेलु टोली श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा हुनेछ ।
