काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रियमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।
जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज ३-० ले क्लिन स्विप गरेको छ ।
नेदरल्यान्ड्सले दिएको २ सय ४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा जासन रोयले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ खेले ।

कप्तान जोस बट्लरले अविजित ८६ रन जोड्दा फिल साल्टले ४९ रन बनाए ।
नेदरल्यान्ड्सका पाउल भान मिकिरणले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ४४ रन जोडेको थियो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्ड्सले ६४ तथा बास डी लिडेले ५६ रनको अर्धशतकीय इनिङ खेले ।

म्याक्स ओडोडले ५० रनको अर्धशतकीय इनिङ खेल्दा टम कोपरले ३३ रन बनाए ।
इंग्ल्यान्डका डेभिड विलिले ४ तथा ब्रेडोनले २ विकेट लिए ।