काठमाडौं । घरेलु टोली श्रीलंकाले चौंथो एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियालाई हराएको छ ।
कोलम्बोमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो ।
यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगाबै ३-१ ले जितेको छ।
श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो ।
श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले ।
पाट कुमिन्सले ३५ रन जोड्दा टार्भिस हेडले २७ र मिचेल मार्शले २६ रन बनाए ।
श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो ।
श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले । धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय इनिङ खेले ।
अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए ।