काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाईन् ।
यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा सुन्य रनमा आउट भईन् ।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए ।
आज नेपाल हङकङलाई हराएर लगातार चौंथो जितको योजनामा रहेको छ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।
समूह 'बी' मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
२ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।