काठमाडौं । तेस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ ।
आइतबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य श्रीलंकाले ४८ ओभर ३ बलमा ४ विकेट पूरा गर्यो ।
श्रीलंकाका लागि पाथुम निशन्काले १ सय ३७ रनको शतकीय इनिङ खेले । कुशल मेन्डिसले ८७ रनको अर्धशतकीय इनिङ खेल्दै रिटायर्ड हर्ट भए ।
अष्ट्रेलियाका जे रिचार्डसनले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि टार्भिस हेडले अविजित ७० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान आरोन फिन्चले ६२ रन बनाए । एलेक्स केरीले ४९ तथा ग्लेन म्याक्सवेलले ३३ रन बनाए ।
श्रीलंकाका जेफ्रीले ३ विकेट लिए ।