काठमाडौं । बलियो मधेस प्रदेशले बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेसले उपाधि हात पारेको हो ।
मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउंदै ९५ रन बनाएको थियो । उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन ।
बलिङतर्फ बलियो मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे ।
जवाफमा ९६ रनको लक्ष्य बलियो मधेसले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । बलियो मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रंजन यादवले ३४ रनको इन्निंग खेले ।
बलियो बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बलियो मधेस प्रदेशका साईमन रोए घोषित भए । बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए ।
बिजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का , ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा. अतुल उपाध्यायले प्रदान गरेका थिए ।