काठमाडौं । चौंथो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई हराएको छ।
शुक्रबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ८२ रनले हराएको हो ।
यस जितसँगै भारतले ५ खेलको सिरिजलाई २-२ को स्थितिमा ल्याएको छ ।
भारतले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले १६ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले २० तथा क्विनटन डी ककले १४ रन बनाए । मार्को जनसेनले १२ रन जोडे ।
भारतका आभेस खानले ४ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।
भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा हार्दिक पाण्डयले ४६ रन बनाए । इशान किसन २७ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका लुंगी एनजिडीले २ विकेट लिए ।