काठमाडौं । पोखरा विश्वश्विद्यालय क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको वुमन्स पोखरा विश्वविद्यालय क्रिकेट लिग (डब्लु पियुसियल) आयोजना हुने भएको छ।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र विश्वविद्यालयमा पनि महिला क्रिकेटलाई उजागर गर्न प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसको विभिन्न संकायमा अध्यनरत छात्राहरुले यस प्रतियोगितामा सहभागिता हुन सक्नेछन् ।
खेल तालिका, टिम संख्या र खेल हुने मिति छिटै नै पत्रकार सम्मेलन गरेर प्रकाशित गर्ने जानकारी वोमन पोखरा विश्वविद्यालय क्रिकेट लिगका प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी दिए।
वोमन पोखरा विश्वविद्यालय क्रिकेट लिग (डब्लु पियुसियल)को पहिलो संस्करण पियु राइनोजले उपाधि जितेको थियो ।