काठमाडौं । भारतीय क्रिकेट टिमले वेस्ट इन्डिज र अमेरिकाको भ्रमण गर्ने भएको छ ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले जुलाई देखि अगस्टसम्म भारतले वेस्ट इन्डिज र अमेरिकाको भ्रमण गर्ने जनाएको छ ।
भ्रमण दौरान भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय र पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
एकदिवसीय सिरिज जुलाई २२ बाट सुरु हुनेछ । यस्तै अगस्ट १० बाट टी-ट्वान्टी सिरिज सुरु हुनेछ ।
टी-ट्वान्टी सिरिज अन्तर्गत अन्तिम दुई खेल भने अमेरिकाको फ्लोरिडामा हुनेछ ।
यस्तै भारतको भ्रमण अघि बंगलादेशले जुनमा वेस्ट इन्डिजको भ्रमण गर्नेछ ।
बंगलादेश र वेस्ट इन्डिजबीच २ टेस्ट, ३ एकदिवसीय र ३ टी-ट्वान्टी सिरिज हुनेछ ।
भारतपछि न्युजिल्याण्डले वेस्ट इन्डिजको भ्रमण गर्नेछ ।
न्युजिल्याण्ड र वेस्ट इन्डिजले समान ३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।