काठमाडौं । न्युजिल्याण्डका पूर्व अलराउण्डर कोरी एन्डरसनले नेपालविरुद्धको अभ्यास खेल नखेल्ने भएका छन् ।
नेपालले आज अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९:१५ बजे सुरु हुनेछ ।
अलराउण्डर एन्डरसनले नेपाली अल स्टार्सबाट नेपालविरुद्धको अभ्यास खेल खेल्ने बताईएको थियो । तर, टिमको उपकप्तानका रुपमा रहेका एन्डरसनले पारिवारिक कारण देखाएर टिमबाट नाम फिर्ता लिएका छन् ।
नेपाली अल स्टार्सबाट नेपालका पूर्व खेलाडीहरु पृथु वास्कोटा र बसन्त रेग्मी नेपालविरुद्ध मैदानमा उत्रने छन् ।
नेपाली अल स्टार टिमको प्लेईङ-११ :
पृथु बास्कोटा (कप्तान), उदय कौल, नितिश कुमार, मार्टे केइन, गौरव बजाज, हेथ रिचार्डस, विपुल शर्मा, अदिल भाटि, हरमित सिंह, बसन्त रेग्मी र मोहम्मद इलियस