काठमाडौं । श्रीलंकाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ ।
श्रीलंकाले बुधबार घरेलु सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
श्रीलंकाले डसुन शनकाको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
श्रीलंकाले घोषणा गरेको टोलीमा मथिसा पाथिराना र नुवान्डो फेर्नान्डो पहिलो पटक टी-ट्वान्टी टोलीमा परेका छन् ।
घरेलु मैदानमा श्रीलंकाले अष्ट्रेलियासँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
कोलम्बोमा हुने सिरिज जुन ७ मा सुरु हुनेछ ।
