काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सावर्जनिक भएको छ।
एसियन क्रिकेट काउन्सिलले बुधबार च्याम्पियनसिपको खेल तालिका सावर्जनिक गरेको हो।
एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाल रहेको 'बी' समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ।
यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ ।
नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
खेल तालिका -


