काठमाडौं । अष्ट्रेलिया पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
अष्ट्रेलिया क्रिकेटले बुधबार एन्ड्रयुलाई कोभिड-१९ को संक्रमण देखिएको जनाएको छ ।
कोभिड देखिएपछि एन्ड्रयु श्रीलंका भ्रमणमा निस्किएका छैनन् ।
अब उनले कम्तिमा श्रीलंकाविरुद्धको एक खेल गुमाउने भएका छन् ।
श्रीलंका भ्रमण दौरान अष्ट्रेलियाले घरेलु टोलीसँग ३ खेलको टी-ट्वान्टी र ५ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।