काठमाडौं । बंगलादेशका टेस्ट कप्तान मोमिनुल हकले कप्तान पदबाट राजीनामा दिएका छन् ।
मोनिनुलले मंगलबार टेस्ट कप्तानबाट राजीनामा दिएका हुन् ।
घरेलु मैदानमा श्रीलंकासँगको टेस्ट सिरिज गुमाएपछि मोमिनुलले राजीनामा दिएका हुन् ।
दुई खेलको टेस्टमा श्रीलंकाले सिरिज १-० ले जितेको थियो ।
ब्याट्सम्यान मोमिनुल २०१९ मा टेस्ट कप्तान चयन भएका थिए ।
मोमिनुलको कप्तानीमा बंगलादेशले तीन टेस्ट मात्र जितेको छ ।
३० वर्षीय मोमिनुलको नेतृत्वमा बंगलादेशले १२ टेस्टमा हार र दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।