काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ ।
पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्रको जर्सी आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा फहराएका हुन् । 
नेपाली क्रिकेटमा पुर्राएको योगदानको कदर गर्दै आरोहीले पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्राएका हुन् ।
नेपाली क्रिकेटकै सफल कप्तान पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।
ज्ञानेन्द्र पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहदै आएका छन् ।
