काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाइ गरे । नेपाली टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपालले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
मलेसियामा आयोजना हुने छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।
नेपालले कतारसँग जुन ३ मा खेल्नेछ । छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्।
नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।
त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।
शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी-ट्वान्टी विश्वकप खेल्नेछ ।
नेपाली टोली -
कृतिका मरासिनी, स्नेहा महरा,श्रीष्टि जैशी, मनिषा उपाध्याय,मनिषा राना मगर, अलिशा यादव, साना प्रविन, रन्जु श्रेष्ठ,आश्मा पुलामी मगर,सानु राजवंशी,किरण कुँवर,अन्जली बिक,अनु कडायत,सुष्मिता भुसाल